८ आश्विन २०८३, बिहिबार | September 24, 2026

लायन्स क्लव अफ बेलवास सिटीद्धारा खाध्य बैँक संचालन



बुटवल । लायन्स क्लव अफ बेलवास सिटीले कोभिड-१९ को महामारीलाई लक्षित गरी बेलवास चोकमा खाध्य बैँक संचालनमा ल्याइएको छ ।

आइतवार एक कार्यक्रमकाबीच बैँकको सुभारम्भ गर्दै क्लवका संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन शिवलाल उपाध्ययले कोभिड १९को महामारीका कारण कुनै पनि व्यक्ती भोको रहन नपरोस भन्ने उद्देश्यले खाध्य बैँक संचालनमा ल्याइएको बताए । उनले यस प्रकारको अभियानले चुलो निभ्न नदिने विश्वास समेत लिए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष लक्ष्मण कुमार खड्काले हुनेले दिने र नहुने लिएर जाने गरी फुड एक्सचेन्जरका रुपमा क्लवले काम गर्ने बताए । पहिलो चरणमा सेनिटाइजर, मास्क तथा राहात वितरण गरेको क्लवले दोस्रो चरणमा खाध्य बैँक नै संचालनमा ल्याएको उनको भनाई छ ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै क्लवका उपाध्यक्ष तथा खाध्य बैक संचालक समितिका संयोजक गोविन्द खनालले समाजिक सेवाभावले नै काम गर्न सुरु गरिएको बताए । बैँकमा चामल, दाल, नुन, तेल, पिठोलगाएतका समाग्रीको पोका तयार गरिएको छ । अतिआवश्यक हुनेहरुले पोक लैजान सक्ने गरी व्यवस्थापन गरिएको छ ।

उपाध्यक्ष रामप्रसाद भूषालको राष्ट्रियगान, टेमर शिव खनालको झन्डा अभिवादन तथा सहसचिव वावु भूषालको संचालनमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष उमलाल बन्जाडे, क्लवका पदाधिकारी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ९ : २८ बजे

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम