बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा आइतबार शिवनगरस्थित नन्दिनी गौशालामा पशु आहार हस्तान्तरण गरेको छ । विगतका वर्षमा पनि रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष गौशालाका गाई वस्तुलाई आवश्यक खाद्यान्न उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको हो । सहकारीका सल्लाहकार…