बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको उद्घाटन गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टको आज एक कार्यक्रमबीच मुख्यमन्त्री आचार्यले उदघाटन गरेका हुन् । सो क्षेत्रलाई प्रदेश सरकारले जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरेको छ । उद्घाटन…