काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमानमा टेकअफ गर्ने क्रममा एक इन्जिनमा समस्या देखिएपछि उक्त विमान भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ। उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा दायाँ इन्जिनमा समस्या देखिएको जानकारी चालक दलले काठमाडौं टावरलाई गराएको थियो। बुधबार दिउँसो १ः२८ बजे त्रिभुवन विमानस्थलबाट उडेको करिब चार मिनेटमै दायाँ…