गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र सुशान्त वैदिक सवार गाडी गुल्मीमा दुर्घटनाग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका-४ क्षेत्रमा शुक्रबार भएको दुर्घटनामा सांसदद्वय सामान्य घाइते भएका छन् । प्रारम्भिक जानकारीअनुसार दुर्घटनापछि स्थानीय सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ…