चितवन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि एमाले कार्यकर्ताले आक्रमण गरेकाछन् । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै एमालेको युवा संघका कार्यकर्ताले प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि…