काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त बनाउँदै प्राज्ञिक वातावरण सुदृढ गर्ने साझा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित उच्च शिक्षा क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बन्धी छलफलमा सहभागी उपकुलपतिहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनलगायत राजनीतिक गतिविधि नियन्त्रण गर्दै शिक्षण, अनुसन्धान र अनुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता…