काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३ औँ प्रतिवेदनको सारांशमा लेखिएको छ । संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ…