काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै सम्पत्ति छानबिन आयोगले सूचना जारी गरेको आरोपमा आयोगका अध्यक्षसहित पाँच पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दर्ता गराउँदै आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी तथा सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साललाई कारबाही गर्न माग गरेका हुन्।…