काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई महाराजगञ्जस्थित अस्पताल परिसरबाट पत्नी राधिका शाक्यसहित आफन्तको जिम्मा लगाएको हो । उनीसँगै पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै रहेका छन् । उनलाई…