नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल उलम पैजुन्नवी जामा मस्जिद इदगाहा संचालक समितिमा विवादीत तदर्थ समिति उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको आदेशबाट ब्युँतिएको छ । तदर्थ समितिबाट आर्थिक हिनामिना भएको भन्दै समुदायबाटै बिरोध भएपछि सर्वदलीय र सर्वपक्षिय भेलाबाट अनियमितताको छानविन गर्दै अर्को चुनाव नभएसम्मका लागि अब्दुल रहमान मियाको अध्यक्षतामा समति गठन…