६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले सफलतापूर्वक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार रकम फेला परे पनि लुटपाटमा संलग्न मुख्य लुटेरा भने अझै फरार रहेका छन्। प्रहरीका अनुसार चारदेखि पाँच जनाको समूहमा आएका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरी नियन्त्रणमा लिएपछि बैंकबाट रकम लुटेका थिए।…