हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली-५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पु¥याएको चङ्खेली-५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । चङ्खेली-५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ ।…