काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकताको सहमति दुई सातामै संकटमा परेको छ । सहमति कार्यान्वयनका विषयमा दुवै पक्षबीच समझदारी कायम हुन नसकेपछि रास्वपाले आकस्मिक सचिवालय बैठक डाकेको छ । रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आज शनिबार दिउँसो ३:१५ बजे पार्टी सचिवालयको…