६ माघ २०८२, मंगलबार | January 20, 2026

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो । नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३०…