काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने आदेश जारी गरेका हुन् । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद…