२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अनुसन्धान अघि बढाउन आवश्यक देखिएको भन्दै सरकारी वकिल कार्यालयको मागअनुसार अदालतले एक साता हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। खड्कालाई आइतबार बिहान मात्रै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपमा अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको थियो…