काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जिल्ला अदालत बाराका प्रमुख न्यायाधीश भोला ढकाललाई न्याय परिषद्मा काजमा झिकाएका छन् । प्रधानन्यायाधीश राउतले आज अदालत खुल्ने बित्तिकै न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश गर्दा कैफियत गरेको उजुरी परेपछि काज बोलाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । यसअघि, जिल्ला अदालत बाराको बार एसोसिएसनले न्यायाधीश ढकालको आदेशमा गम्भीर असहमति जनाउँदै…