काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका विरोधीहरुले कालोझण्डा देखाएका छन् । शर्मा पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला जानेक्रममा सल्ले विमानस्थलमा उत्रिएका थिए । लामो समय प्रचण्डको साथमा रहेका शर्माले प्रचण्डलाई छोडेर बाबुराम भट्टराईको अगुवाईमा गठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलेपा)मा समाहित भएपछि उनका पूर्व कार्यकर्ताहरुले कालोझण्डा देखाएको बुझिएको छ । विभिन्न कम्युनिष्ट घटकहरुसँग…