बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । १० हजार ६२९ मत गणना गर्दा खरेलले ६७ प्रतिशत मत पाएका छन् । खरेलले ७ हजार १५१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका विष्णु पौडेलले १ हजार ६५८, कांग्रेसका चुन्नप्रसाद पौडेलले ७३४ र नेकपाका विश्वदिप पाण्डेले ३१५ मत पाएका छन्…