बुटवल । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डमा पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तौलिहवाका ३५ वर्षीय स्थायी बासिन्दा पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । हाल उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ…