काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजी युवाहरूले हिजो आयोजना गरेको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि जनाउँदै पद छोडेका हुन्। सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै अधिकारीले भनेका छन्, “साना बालबालिकासहित युवापुस्तामाथि भएको दमन र हत्या पश्चात सरकारमा निरन्तर बस्नु मेरो नैतिकताविपरीत छ। यसले मलाई अपराधबोध मात्र होइन, मेरो…