काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । नयाँ मूल्य बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य समायोजनापछि अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ…