दैलेख । दैलेखको नारायण नगरपालिका–१ रातामाटेमा पुस्तौँदेखि बसोबास गर्दै आएका २६ घर दलितको आम्दानीको स्रोत भनेकै अरूकोमा काम गरेर परिवारको गर्जो टार्नु वा कामको खोजीमा कालापहाड अर्थात् (भारत) जानु बाध्यता हो । करिब चार दशकअघिदेखि अव्यवस्थितरूपमा भूमिहीन भएर त्यहाँ बस्दै आएका दलित परिवारमा पढे लेखेका धेरै भेटिँदैनन् । गरिबीका कारण पढ्न नपाएका त्यहाँका युवायुवती पनि…