ढोरपाटन । अबिरल वर्षाका कारण सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ-ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका-५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो । माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने…