१६ भदौ २०८३, मंगलबार | September 1, 2026

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-४ बसपार्क नजिकै रहेको एक रेष्टुरेन्टबाट ६ सय ५० मिलिग्राम लागूऔषधसहित बेदकोट नगरपालिका-७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् । आइतबार दिउँसो उनलाई लागूऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।