काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका छन् । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टीके-७२६ नम्बरको विमान आज बिहान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार…