काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ (ग्यारोङ) क्षेत्र पुगेका छन् । प्रधानमन्त्री ली बिहीबार दिउँसो दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यारोङ गाउँ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार बिहान ठूलो पहिरो र बाढीले दुवैदेशतर्फ व्यापक जनधनको क्षति भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)…