काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीलगायत विषयमा छलफल हुनेछ । स्थायी कमिटी बैठकपछि एमालेले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाएको…