बुटवल । नयाँ सदस्यता सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन नेपाल पत्रकार महासंघ रुपन्देही तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ । प्रेस चौतारीसँगको वार्तामा महासंघको पदाधिकारीले सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि १ साता अघि गरिएको तालाबन्दी खुलेको हो । महासंघले नयाँ सदस्यका लागि सिफारिस गर्दा शुद्धिकरण मापदण्डविपरित, पूर्वागहीपूर्ण र स्वेच्छाचारि ढंगले सिफारिश…