काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो ।…