नेपालगन्ज । बाँकेको राप्तीपारी शृङ्खलाबद्ध आक्रमण गरि मान्छे खाने नरभक्षि पाटेबाघलाई नियन्त्रणमा लिइएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वनमा बुधबार बिहान बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको हो । फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक वनभित्रबाट बुधबार विहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए…