१३ पुस २०८२, आइतबार | December 28, 2025

किसानले खेती नै छाडिसके, अनि बढ्यो चिराइतोको मूल्य

इलाम । सात-आठ वर्षअघि इलामको उत्तरी क्षेत्रका किसानले ठूलो परिमाणमा चिराइतो उत्पादन गर्थे । लेकाली क्षेत्रका किसानको लागि जडीबुटी खेती आम्दानीको राम्रो स्रोत बनेको थियो । तर, एकाएक चिराइतोको मूल्य नराम्रोसँग खस्कियो । सात वर्षअघि ३०-३२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुने गरेको चिराइतो दुई वर्षअघि चार हजार रुपैयाँ प्रतिमनका दरले पनि बिक्री हुन छाड्यो…