कञ्चनपुर । थारु गाउँमा दशैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् । विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन् । विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन् । कोरोनको कहरका कारण घर परिवारसँगै बसेर दशैँ मनाइएको थियो । सामूहिकरुपमा…