४ भदौ २०८३, बिहिबार | August 21, 2026

मणिमुकुन्द रनिङ शिल्ड भलिबल प्रतियोगिता : सेमिफाइनलमा स्याङजा र पर्वत तथा गुल्मी र नवलपुर भिड्ने



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भलिबल कपमा विहिबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा नवलपुर, गुल्मी, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मणिमुकन्द भलिबल क्लबको आयोजना तिलोत्तमा-२ मा अवस्थित क्लबको मैदानमा विहिबार भएको प्रतियोयगिताको पहिलो क्वाटरफाइनल खेलमा नवलपुरले रुपन्देहीलाई ३-१ को सेटमा जित दर्ता गरेको हो ।

नवलपुरले रुपन्देहीमाथि २८-२६, २६-२४, २४-२६ र २५-२० को अंकमा जित हासिल गर्न सफल भएको हो । यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा गुल्मीले पाल्पालाई ३-० को सोझो सेटमा जित दर्ता गरेको छ । गुल्मीले पाल्पामाथि २५-१९, २५-१५ र २५-१९ को अंकसहित जित निकाल्न सफल भएको हो ।

यस्तै तेस्रो क्वाटरफाइलन खेलमा पवर्तले बागलुङमाथि ३-१ को जित निकालेको छ । उसले २०-२५, २६-२८, २५-२३ र २५-१४ को अंकसहित जित निकाल्न सफल भएको हो । यसैगरी चौथो क्वाटरफाइनल खेलमा स्याङ्जाले नवलपरासीलाई पराजित गरेको छ । उसले ३-० को सोझो सेटमा २५-२३, २५-२३ र २५-२१ को अंकमा जित निकाल्न सफल भएको हो ।

यही माघ २४ गतेदेखि जारी प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेलहरु हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जाकारी दिए । शुक्रबारको पहिलो सेमिफाइनल खेल जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । खेल बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । यसैगरी दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पर्वतका बीच हुने भएको छ ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका वरिष्ठ उपाध्यक्ष किशन सन्दले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ५ : ३५ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका