काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुधबार तीन जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा बाढीबाट भएको क्षतिको समीक्षा गर्दै प्रभावित जिल्लामा आवश्यक सम्पूर्ण काम…