८ पुस २०८२, मंगलबार | December 23, 2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । रुपन्देही आएका गृहमन्त्री खाँणले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर शीघ्र सञ्चालनको तयारी गरिरहेको बताएका हुन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासका लागि कार्ययोजना तयार पारेको पनि…