२१ असार २०८३, आइतबार | July 5, 2026

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पेरिस डाँडास्थित पार्टी मुख्यालयमा बोलाइएको बैठक आज बिहान साढे ८ बजेबाट सुरु भएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ । कात्तिक १३ गते वडा र मंसिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्री पम्फा भुसाल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रवक्ता कृष्णबहादुर महरा रहभागी भएका छन ।

त्यसैगरी बैठकमा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठलगायत सबैजसो नेताहरुको उपस्थिति रहेको पेरिसडाँडाको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ४० बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर