काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १४७६ जना कोरोना संक्रमित थपिएका छन । १०,५७५ जनामा गरिएको पिसिआर परीक्षणबाट ११०३ र ५११५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८९,८७२ जनामा र एन्टिजेन परीक्षणबाट ९०,२८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।…