रौतहट। सरकारद्वारा उखुमा दिइँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान हटाउने नीति विरुद्ध रौतहटका उखु किसानहरू फेरि एकपटक सडकमा उत्रिएका छन्। कटहरिया नगरपालिका ९ स्थित बाबा बैजूनाथ शुगर एण्ड केमिकल्स मिल्स अगाडि किसानहरूले टायर बाल्दै आक्रोश प्रकट गरेका छन्। उखु उत्पादक संघ, रौतहटको अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा किसानहरूले निम्न प्रमुख मागहरू अघि सारेका…