बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुटवल उपमहानगरपालिका (प्रथम पक्ष) र बुटवल-१२, तामनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला (दोस्रो पक्ष) बीच “प्रदेश जनस्वास्थ्य प्रयोगशाला निदानात्मक परीक्षण सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८०” अनुसार सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको हो । सम्झौताअनुसार…