बागलुङ । कडा प्रावधानसहित आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला…