काठमाडौं । गायक प्रकाश सुपतकाे गीत 'पीर'काे विवाद श्रृंखला पेचिलाे बन्दै गएकाे छ । गत शुक्रबार रिलिज गरिएकाे याे गीतकाे म्युजिक भिडियाे आपत्तिजनक भएकाे भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)…