काठमाडौं । आज शनिबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी…