काठमाडौं । नेपाल र जिम्बाबेबीच आज तेस्रो एकदिवसीय खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे नेपाल र जिम्बाबेको खेल शुरु हुनेछ । यसअघिका दुई खेलमा नेपाल र जिम्बाबेले एक-एक खेल जितेको छ । पहिलो खेल जिम्बाबेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो खेल नेपालले नौ विकेटले जितेको थियो…