टोकियो । टोकियोमा कोभिड-१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताएका छन् । महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रहरूमा कोभिड-१९ नियन्त्रणका उपायहरूलाई अवलम्बन गर्नुपर्ने देखिएंको उनले बताए । आइतबार एनएचकेको बहस कार्यक्रममा…