सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको पहिरो एवं मेलम्ची र इन्द्रवती नदीमा आएको भीषण बाढीमा परि हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले सात जना भन्दा बढीको मानवीय क्षतिको विवरण नआएको बताएका छन् । मृत्यु भएकाको पहिचान अहिलेसम्म हुनसकेको छैन । मंगलबार साँझ ६…