२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्का उद्घाटन गर्दै

काठमाडौं । सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ । ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले…