१३ पुस २०८२, आइतबार | December 29, 2025

मुलुककै पहिलो ढुवानीग्राम बुटवलमा तयार, बजार क्षेत्रभित्र अब हेवी लोडका गाडी पस्न नपाउने

बुटवल । बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानी ग्राम धमाधम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्र संगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रुपमा हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो । मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको र…