जुम्ला । जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ । जुम्लाको चन्दननाथ नगरपालिका-६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनकाअनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका…